+
+

क्वारेन्टिनको रुपमा प्रयोग गर्ने होटलहरुको सूची सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २५ गते ६:१९
काठमाडौंको चारतारे होटल ग्राण्ड

२५ जेठ, काठमाडौं । विदेशबाट फर्किने नेपालीहरूलाई क्वारेन्टिनमा राख्ने ४७ वटा होटेलहरुको सूची सरकारले सार्वजनिक गरेको छ । यो सूचीमा चारतारे होटलदेखि एकतारे होटलहरुसम्म छन् ।

सूचीमा चारतारे होटलको संख्या ३, तीनतारे होटलको संख्या ९, दुईतारे होटलको संख्या २, एकतारे होटल ५ र पर्यटक स्तरका, तर चारतारे होटल सरहको मूल्य तिर्नुपर्ने २७ होटलहरु छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले शनिबार सार्वजनिक गरेको सूचीमा चारतारे होटलहरु ग्राण्ड, ड्रिमल्याण्ड गोल्ड रिसोर्ट र स्वीस इन्टरनेशनल होटल सरोवर छन् । ग्राण्ड होटल काठमाडौंमा, ड्रिमल्याण्ड रुपन्देहीको मनिग्राममा र स्वीस इन्टरनेशनल पोखरामा छन् ।

सरकारले विदेशबाट नेपालीहरुलाई उद्धार गर्ने र होटल क्वारेन्टिनमा राख्ने निर्णय गरेको छ । होटल बसाइको खर्च स्वयं व्यक्तिहरुले नै तिर्नुपर्ने छ ।

शुक्रबार म्यानमार र युएईबाट नेपालहरु आएका छन् । अरु देशबाट पनि नेपालीहरु उद्धारको पर्खाइमा छन् ।

हेर्नुहोस् होटलहरुको सूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?