Comments Add Comment

मेलम्ची खानेपानी आयोजनाको उद्घाटनको तयारीमा छौं : मन्त्री मगर

२६ जेठ, काठमाडौं । खानेपानी मन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजनाको भौतिक पूर्वधारको निर्माण चालु आर्थिक वर्षमा सम्पन्न हुने बताएकी छन् ।

चालु वर्षमा भौतिक पूर्वाधारको निर्माण सकेर आगामी आर्थिक वर्षमा त्यसको वितरणको कार्यलाई व्यवस्थित गरिने उनको भनाइ छ ।

‘मेलम्ची खानेपानीका सन्दर्भमा उठाइएका प्रश्नको हरुको बिट मार्ने बेला आएको छ । खानेपानी मन्त्रालय र नेपाल सरकारले मेलम्ची खानेपानीको बिट छिट्टै मार्दैछौं । हामी मेलम्ची खानेपानीको उद्घाटनको समय सार्वजनिक गर्ने तयारीमा छौं,’ प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको मन्त्रालयत शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री बिना मगरले भनिन् ।

विगत दुई दशकदेखि मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य जारी छ । उपत्यकावासी भने वर्षौंदेखि पर्खिदा पनि  मेलम्चीको पानी नआएपछि निराश छन् ।  तर  अब निराशा अन्त्य हुने मन्त्री मगरको भनाइ छ ।

काठमाडौं खानेपानी लिमिटेडले उक्त पानी विरतण गर्ने तयारी भइरहेको समेत मन्त्री मगरले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment