Comments Add Comment

लक्ष्मणलाल कर्णको प्रश्न : आफूमात्र राष्ट्रवादी हुँ भन्दै अरूलाई होच्याउन मिल्छ ?

२७ जेठ, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद लक्ष्मणलाल कर्णले आफूमात्र राष्ट्रवादी हुँ भनेर अरुलाई नहोच्याउन आग्रह गरेका छन् । सरकार पक्षबाटै आफूहरुको राष्ट्रियतामाथि शंका गरिएको भन्दै उनले त्यस किसिमले नहोच्याउन चेतावनी दिए ।

मंगलबार प्रतिनिधिसभामा सरकारले पेश गरेको संविधान संशोधन विधेयकमाथि धारणा राख्दै उनले भने ‘म मात्र राष्ट्रवादी हुँ अरु होइनन् भन्ने कुरा कल्पना नगर्नुस् ।’

नेपालको भौगोलिक स्वतन्त्रता र स्वाधीनताप्रति हाम्रो फरक धारणा नरहेको भनी पटक पटक भन्दै आए पनि शंका गर्ने गरिएको भन्दै उनले आपत्ति जनाए ।

‘नेपालको भौगोलिक स्वतन्त्रता, नेपालको सधीनता प्रति हाम्रो दुईमत छैन हामी पटक पटक भनिरहेका छौं । तर पनि आज मैले सुन्दाखेरि जुन अनर्गल कुरा सरकार पक्षबाट आइरहको रहेछ भने त्यस्तो कुरालाई समर्थन गर्न मिल्छ ? त्यस किसिमबाट होच्याउन सकिन्छ’ उनले प्रश्न गरे ।

नेपालको भूमि फिर्ता ल्याउने विषयमा सरकारले गरेको प्रयास राम्रो भएको उनले बताए । सुगौली सन्धिबाहेक भारतसँग महाकाली सन्धि र सन् १९५० को सन्धि पनि भएको भन्दै ती सन्धि गर्नेले ती सन्धि ठीक कि बेठीक भनेर सोच्नुपर्ने नेता कर्णले बताए ।

‘महाकाली सन्धि गरेको छ, १९५० को सन्धि गरेको छ । कल्ले कल्ले गरेको हो आत्मालाई साक्षी राखेर, सोच्नुस् यो इतिहासको कालघडीमा के के गर्नुभयो । राष्ट्रवाद त्यो हो’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment