+
+
Shares

‘आवाज एकताको’ सन्देशमूलक सामाजिक भिडियो सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २७ गते १८:०६

२७ जेठ, काठमाडौं । कोभिड १९ को महामारीबाट मुक्त्त हुन र सुरक्षित जीवनयापनको लागि निर्माण केडिया अर्गनाइजेसनको र वृज सिमेन्टको संयोजकत्वमा निर्माण गरिएको ‘आवाज एकताको’ सन्देशमूलक सामाजिक भिडियो सार्वजनिक भएको छ ।

अहिलेको विषम परिस्थितिमा सबै नेपालीको मनोबल र आत्मविश्वास कायम राखिरहन केडिया अर्गनाइजेसन र वृज सिमेन्टद्वारा यो सिर्जनामूलक सांगीतिक भिडियो सन्देशमार्फत चेतना जगाउन प्रयास गरिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा जनाएको छ ।

यस गीतको सम्पूर्ण निर्माण व्यवस्थापन, संयोजन एवं निर्माण कि एडभर्टाइजिङ सर्भिस प्रा.लि.ले गरेको छ । शब्दबाट व्यक्त हुन नसकेको कुराहरू पनि यस ‘आवाज एकताको’ झल्किने सांगीतिक भिडियोले सम्पूर्णमा एकताको सञ्चार गर्ने छ भन्ने विश्वास कम्पनीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?