+
+
Shares

संविधान संशोधन विधेयक खारेजीको माग गर्दै सरिता गिरीको संशोधन दर्ता

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २८ गते १५:५३

२८ जेठ,काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले लिम्पियाधुरासहितको नक्सा समेटिएको निशान छापसम्बन्धी संविधान संशोधन विधेयक नै खारेज हुनुपर्ने भनी संशोधन दर्ता गराएकी छन् ।

गिरीले बुधबार संसद सचिवालयमा दिएको संशोधनको सूचनामा स्रोत र प्रमाण नखुलेको भन्दै विधेयकको दफा २ हटाउन भनिएको छ । दफा २ मा नेपालको नयाँ नक्सा बमोजिमको अनुसूची संशोधन गर्नेगरी सरकारले विधेयक प्रस्तुत गरेको छ ।

विधेयकमाथि मंगलबार प्रतिनिधिसभामा सैद्धान्तिक छलफल भएको थियो । जुन छलफलमा जसपाकै नेताहरू लक्ष्मणलाल कर्ण र राजेन्द्र श्रेष्ठले पनि सरकारले पेस गरेको संविधान संशोधन विधेयकको पक्षमा बोलेका थिए।

सांसद गिरीले भने प्रमाण र तथ्यविनाको उक्त विधेयक खारेजीको सूचना दिएकी छन् । उनले भारतलाई नसोधी नक्सा प्रकाशन गरिएको भन्दै यसअघि नै संसदमा विरोध गरेकी थिइन् ।

उनको संशोधन पार्टीको आधिकारिक हो वा व्यक्तिगत हो भन्ने खुलेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?