Comments Add Comment

सरिता गिरीलाई तत्काल पदमुक्त गर्न तरुण दलको माग

२८ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकट तरुण दलले सांसद सरिता गिरीलाई तत्काल पदमुक्त गर्न माग गरेको छ ।

तरुण दलका अध्यक्ष जितजङ बस्नेतले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै सांसद गिरीले मुलुकको स्वतन्त्रता, राष्ट्रिय अखण्डता, स्वाभिमान, राष्ट्रिय एकता विरुद्ध अभिव्यक्ति दिएको भन्दै तत्काल कारबाहीको माग गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘हालसालै एक टेलिभिजन अन्तरवार्तामा संघीय सांसद सरिता गिरीले आफनो पदीय मर्यादा विपरीत नेपालका भूमिहरु लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई नेपालका होइनन् भनेर दिएको अभिव्यक्तिप्रति नेपाल तरुण दलको गम्भीर ध्यान आकर्षण भएको छ ।’

राष्ट्रियताको विषयमा झण्डै तीन करोड नेपाली जनतालाई चोट पर्ने गरी बोलेकोमा गिरीलाई संसद पदबाट निलम्बन गरी कारबाहीको प्रक्रिया नथालेको भन्दै तरुण दलले सराकरप्रति पनि असन्तुष्ट व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment