+
+
Shares

पहुँचको भरमा क्वारेन्टिनबाट निकालेर लगे, गाउँ पुगेपछि संक्रमण पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २८ गते २०:५३
Photo Credit : पाविल न्युज

२८ जेठ काठमाडौं । भारतबाट फर्किएका नागरिकहरुमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको उच्च जोखिम छ । त्यसैले उनीहरुलाई क्वारेन्टिनमा राखिएको छ ।

भद्रगोल क्वारेन्टिनमा दुःखकस्ट सकेर बस्नेहरुको संख्या १ लाख ७२ हजारबढी छ । तर धादिङमा राजनीतिक पहुँचकै आधारमा क्वारेन्टिनमा बस्नुपर्नेहरुलाई घर लगेको पाइएको छ । उनीहरुमध्ये दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि गाउँमा त्रास बको छ ।

धादिङको नीलकण्ठ नगरपालिकामा रहेको क्वारेन्टिनमा रहेका सात जना भारतबाट आएका युवालाई राजनीतिक पहुँचको आधारमा गाउँ भित्र्याइएको खुलेको हो । त्यहीमध्ये दुई जनामा बुधबार कोरोना संक्रमण पुष्टि भएको छ ।

नगरपालिकाको बाल मन्दिरमा बनाइएको क्वारेन्टिनमा अहिले झण्डै साढे २ सय जना भारतबाट आएकाहरू बसेका छन् । नगर प्रमुख भीम ढुंगानाका अनुसार भारतबाट आएका एकाध व्यक्तिबाहेक सबै बालमन्दिर क्वारेन्टिनमा रहेको जानकारी दिए ।

तर भारतबाट आएर केहीदिन क्वारेन्टिनमा रहेका सात जनालाई भने प्रदेशसभा सांसद रामकुमार अधिकारीका स्वकीयसचिवले विना जानकारी धुवाँकोटको गाउँमा लगेको पाइएको छ । एक अधिकारीका अनुसार सांसदका स्वकीय सचिव प्रदीप यादवले विना जानकारी क्वारेन्टिनबाट निकालेर गाउँ पठाएका थिए ।

स्वकीय सचिव यादव पनि भारतबाट आएकाहरुलाई क्वारेन्टिनबाट निकालेर लगेको स्वीकार्छन् । ‘बालमन्दिरको क्वारेन्टिनमा सुविधा नभएको भन्ने गुनासो आएपछि हामीले ७ जनालाई गाउँमा नै ल्याएका हौं’ उनले अनलाइनखबरसँग भने ‘उनीहरूमध्ये एकजनालाई होम क्वारेन्टिनमा राखिएको थियो भने बाँकीलाई गाउँकै स्कुलमा क्वारेन्टिनमा राखिएको हो ।’

दुई जनामा संक्रमण पुष्टि

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धादिङका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको घोषणा ग¥यो । त्यसमध्ये १४ जना नीलकण्ठ नगरपालिकामा रहेको बालमन्दिर क्वारेन्टिनमा रहेकाहरू छन् भने बाँकी दुई जना साविकको धुवाँकोट गाविसमा बसोबास गर्दै आएकाहरू रहेको जिल्ला जनस्वास्थ्य कार्यालय धादिङले जनाएको छ । उनीहरु सबै भारतबाट आएका हुन् ।

संक्रमितमध्ये २ जना साविकको धुवाँकोट गाविसका हुन् । यस्तै नगरपालिकाको वडा नं १४ को नौ जना, वडा नं ३ का एक जना, वडा नं ११ का दुई जना, वडा नं २ का एक जना, वडा नं ५ का दुई जना, वडा नं १ का एक जना र वडा नं सातका एक जना छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?