+
+
Shares

सामसुङले ल्याउँदैछ सबैभन्दा सस्तो स्मार्टफोन

ब्याट्री समेत निकाल्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २९ गते ७:०६

सामसुङले गत डिसेम्बरमा आफ्नो इन्ट्री लेभल स्मार्टफोन ग्यालेक्सी ए ०१ ब्जारमा ल्याएको थियो । यो फोन सामसुङको ए सिरिजको फोनमध्ये सबैभन्दा सस्तो फोन हो र लोकप्रिय समेत बनिरहेको छ ।

अब चाहीँ सामसुङले आफ्नो ग्यालेक्सी ए ०१ लाई अझै सस्तो तथा नयाँ भर्सनमा पेश गर्दैछ ।

समाचार अनुसार सामसुङले ग्यालेक्सी ए ०१ को नयाँ संस्करण उत्पादनको तयारी गरिरहेको छ । यो फोन विद्यमान ए ०१ भन्दा सस्तो मात्र हुनेछैन यसको ब्याट्री समेत निकाल्न सकिने खालको हुनेछ । स्मरण रहोस् हाल बजारमा आइरहेका नयाँ नयाँ मोडलका स्मार्टफोनहरुमा रिमुभेवल ब्याट्री फिचर निकै दुर्लभ बनेको छ ।

सामसुङको उक्त नयाँ फोनको नाम ग्यालेक्सी ए ०१ इ हुनसक्ने बताइउको छ । यस नयाँ फोनका विषयमा बेन्चमार्किङ प्लाटफर्म गिकबेन्चले विभिन्न तथ्यहरु सार्वजनिक गरेको छ ।

गिकबेन्चका अनुसार क्ः(ब्ण्ज्ञघँ मोडेल नम्बरमा आउने ग्यालेक्सी ए ०१ इ मा क्वाडकोर प्रोसेसर हुनेछ । साथै यसमा ३ हजार मिलिएम्पियर आवर क्षमताको ब्याट्री रहनेछ ।

एन्ड्रोइड १० अपरेटिङ सिस्टमका साथ आउने उक्त फोनमा १ गिगाबाइट र्याम रहनेछ । यसमा मुख्य क्यामराको हकमा ग्यालेक्सी ए ०१ म जस्तै डुअल सेटअप तथा ५ मेगापिक्सेलको सेल्फी क्यामरा हुनसक्ने बताइएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?