+
+
Shares

कोरोनाबाट मृत्यु भएका वृद्धसँगै रहेका बिरामीमा संक्रमण देखिएन

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २९ गते ९:५४

२९ जेठ, चितवन । भरतपुर अस्पतालमा मृत्यु भएको कोरोना संक्रमित वृद्धको ज्वाईँ र उनीसँगै आइसियूमा रहेका बिरामीमा कोरोना संक्रमण रिपाेर्ट नेगेटिभ आएको छ ।

मुटु, सुगर र उच्च रक्तचापसमेतका बिरामी रहेका भरतपुर महानगरपालिका वडा नं. ११ का वृद्धको मंगलबार बिहान भरतपुर अस्पतालको आइसियूमा मृत्यु भएको थियो ।

श्रीमतीसहित छोरी ज्वाईँको घरमा बसेका वृद्धलाई उपचारका लागि भरतपुरको नारायणी सामुदायिक अस्पताल लगेका ज्वाईँमा कोरोना संक्रमण नदेखिएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

उनले अर्को सातातिर फेरि एकपटक स्वाब परीक्षण गराउनुपर्ने हुनसक्ने बताए । उनलाई आइसोलेसनमा बस्न भनिएको छ ।

यस्तै, कोरोना संक्रमित वृद्धसँगै नारायणी सामुदायिक अस्पतालको आइसियूमा रहेका अन्य चार जना बिरामीको समेत कोरोना परीक्षण रिर्पोट नेगेटिभ आएको छ ।

अस्पतालका निर्देशक बिष्णु कुँवरका अनुसार ६ जना बिरामी र दुई स्वास्थ्यकर्मीको रिर्पोट नेगेटिभ आएको छ । बाँकी केही स्वास्थ्यकर्मी अहिले पनि होटलको क्वारेन्टाइनमा रहेको निर्देशक कुँवरले बताए ।

लेखक
अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?