
२९ जेठ, काठमाडौं । विश्व बैङ्कको सशर्त अनुदानमा सांसदको सार्वजनिक लेखा समितिका लागि १६ थान ब्रान्डेड ल्यापटप खरिद गरिने भएको छ ।
लेखा समितिमार्फत सञ्चालन हुने सार्वजनिक वित्तीय सुधार कार्यक्रमअन्तर्गत आवश्यक १६ थान ल्यापटप खरिदका लागि संघीय संसद सचिवालयले बोलपत्र प्रकाशित गरेको छ ।
संसदको सार्वजनिक लेखा समिति देशको आर्थिक सुशासनको मामिला हेर्ने समिति हो । यो समिति अन्तर्गत विश्व बैङ्कको परियोजना लागु हुन लागेपछि ल्यापटप किन्न लागिएको हो ।
संसद सचिवालयले यो खरिद प्रक्रियामा सिलबन्दी दरभाउपत्र बुझाउने म्याद असार १२ गतेसम्म तोकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4