
२९ जेठ, काठमाडौं । बेलायतस्थित बेजिंगस्टोकका नेपाली किशोर-किशोरीहरुको समूह ‘इभोलुसन डान्स क्रु’ले पोखरा महानगरपालिका-१ भीमकाली पाटनका विपन्न परिवारलाई राहत वितरण गरेको छ ।
४० परिवारलाई चामल, दाल, तेल, मस्यौरा, चना, मसला,नुन, चाउचाउलगायतका खद्य सामग्रीहरु प्रदान गरिएको क्रुका सदस्य एरिना गुरुङले जानकारी दिइन् । पोखराकै लक्ष्मण गुरुङ र चन्दा गुरुङको संयोजनमा राहत वितरण गरिएको हो ।राहत ग्रहण गर्दै समुदायका व्यक्तिहरुले सदस्यरुलाई धन्यवाद दिएका थिए ।
सहयोग कार्यक्रमलाइ निरन्तरता दिदै अब चाडै नै मुसहरलगायत अन्य पिछडिएका विपन्न परिवारलाई पनि राहत प्रदान गर्ने योजना बनाएको क्रुका अर्का सदस्य शुभाशिश श्रेष्ठले बताए।
‘इभोलुसन डान्स क्रु’ बेलायतमै जन्मिएका नेपाली किशोर-किशोरीको समूह हो । यसमा निश्चल (बिश) गुरुङ, शुभाशिश श्रेष्ठ, जेशिका आले, एरिना गुरुङ, आयुशा गुरुङ, आरुण गुरुङ, एन्जेल गुरुङ, रोशनी गुरुङ र आञ्जि गुरुङ रहेका छन।
उनीहरुले बेलायतमा हुने विभिन्न कार्यक्रमहरुमा नेपाली सांस्कृतिक झल्कने प्रस्तुति दिने गर्दछन् ।
प्रतिक्रिया 4