+
+

छिमेक लघुवित्तको बचत तथा ऋण किस्ता इसेवाबाट भुक्तानी गर्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २८ गते १८:५७

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडका सदस्यहरूले आफ्नो किस्ता तथा बचत इसेवाबाट भुक्तानी गर्नसक्ने भएका छन्।

इसेवाले ग्रामिण भेगमा रहेका लघु उद्यमीहरुलाई पनि डिजिटल भुक्तानी गर्न सकिने गरी सेवा सुरू गरेको हो।

अनलाइन भुक्तानी सम्बन्धि सम्झौतापत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र छिमेक लघुवित्तका तर्फबाट चोलराज शर्मा जोशीले हस्ताक्षर गरे।

इसेवा एकाउन्ट भएका सदस्यहरूले आफ्नो मोबाईलबाटै नियमित किस्ता तथा बचतको रकम भुक्तानी गर्न सक्नेछन्। इसेवा एकाउन्ट नभएका सदस्यले नजिकको इसेवा जोन, पोइन्ट तथा इसेवा अंकित एजेन्टबाट भुक्तानी गर्न सक्नेछन्।

यो सँगै लघुवित्तका सदस्यहरुले ऋणको किस्ता तिर्न नगद बोकेर लघुवित्तको कार्यालय पुग्नुपर्ने समयको बचत हुनुको साथै अन्य खर्चमा समेत कटौती हुने इसेवाको भनाइ छ।

लघुवित्तको अनलाइन भुक्तानीबारे इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने ‘ग्रामिण क्षेत्रमा रहेका लघु उद्यमीहरूलाई लघुवित्त संस्थाहरूले निकै राम्रो सेवा दिइरहेको छ। यस्तो अवस्थामा लघुउद्यमीहरूमा पनि डिजिटल भुक्तानीको सुविधा अत्यावश्यक थियो। हाम्रो सहकार्यले अब लघुउद्यमीहरूलाई अनलाइनबाट भुक्तानी गर्न सहज बनाउनेछ र उहाँहरूले घरबाटै बचत गर्न तथा किस्ता तिर्न सक्नुहुनेछ।’

आफ्ना सदस्यलाई अनलाइन भुक्तानीको सुविधा दिन सुरू गरिएकोबारे छिमेक लघुवित्तका प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशीले भने ‘अहिलेको डिजिटलाईजेसनको जमानामा क्यासलेस कारोबारका लागि इसेवासँगको सहकार्यले निकै फाइदा पुर्याउनेछ। सदस्यहरूले घरबाटै कारोबार गर्न सक्नेभएपछि उनीहरूको समय र यातायात खर्च पनि बचत हुने भयो। भिडभाडमा जान नपर्ने भएपछि कोरोना जस्ता संक्रामक रोगबाट हुने जोखिम पनि न्यूनिकरण हुने भयो।’

इसेवा नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो। इसेवा मार्फत मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ।
इसेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन्।

यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ। छिमेक लघुवित्त वित्तीय संस्थाले १ सय ३७ वटा शाखा तथा डीजिटल कार्यालय मार्फत ३ लाख ७३ हजार भन्दा धेरै सदस्यलाई सेवा प्रदान गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?