+
+
Shares

संक्रमित आमाको दूधबाट बच्चामा संक्रमणको खतरा छैन : डब्ल्यूएचओ

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ३२ गते १६:५२

३२ जेठ, काठमाडौं । विश्व स्वास्थ्य संगठनका प्रमुख डाक्टर टेड्रोस अधानम गेब्रेयसुसले कोरोना भाइरस (कोभिड-१९) संक्रमित आमाहरुलाई आफ्नो नवजात शिशुलाई स्तनपान गराउन नछाड्न आग्रह गरेका छन् । जेनेभामा आयोजित प्रेस सम्मेलनमा बोल्दै उनले अध्ययनमा बच्चालाई आमाको दूध कोरोना भाइरसको संक्रमणको जोखिमको तुलनामा धेरै लाभदायक पाइएको बताएका हुन् ।

सम्मेलनमा बोल्दै उनले भने, ‘ठूला मानिसको तुलनामा बच्चालाई कोभिड-१९ को जोखिम कम हुन्छ भन्ने हामीलाई थाहा छ । तर, अरु धेरै रोगहरुबाट बच्चाहरुलाई धेरै जोखिम हुन सक्छ र स्तनपानबाट यस्ता रोगहरुलाई रोक्न सकिन्छ । अहिलेको प्रमाणअनुसार डब्ल्यूएचओ यो सल्लाह दिन्छ कि कोरोना भाइरसको संक्रमणको जोखिमभन्दा स्तनपानको फाइदा बढी हुन्छ ।’

गेब्रेयेसुसले संक्रमित वा शंकास्पद संक्रमित आमाको अवस्था गम्भीर नभएसम्म नवजात शिशुलाई उनीहरुभन्दा टाढा राख्न नहुने बताएका छन् । डब्ल्यूएचओकी एक सल्लाहकार डाक्टर अंशु बनर्जीले अहिलेसम्म आमाको दूधमा कोरोना भाइरसको जीवित भाइरस भएको नपाइएको बताइन् ।

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)ले नवजात शिशुको लागि आमाको दूध सर्वोत्तम आहार भएको बताएको छ । सीडीसीले आमाको दूधबाट कोरोना भाइरसको संक्रमण फैलिने सम्भावना नरहेको अहिलेसम्मको तथ्यांकले देखाएको बताएको छ । यद्यपि आमाबाट बच्चामा कोरोना भाइरसको संक्रमण नसरोस् भन्नका लागि आमाले बारम्बार हात धुने र आफ्नो मुख ढाक्नुपर्ने सीडीसीले बताएको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?