Comments Add Comment

इनरूवा बजारमा आगलागी

३२ जेठ, काठमाडौं । सुनसरीको इनरूवा बजारमा रहेको एक कपडा पसलमा आगलागी भएको छ । स्थानीय हनुमान बस्त्रालयमा विद्युत सर्ट भइ आगलागी भएको हो ।

क्षतिको यकिन विवरण प्राप्त भइसकेको छैन । आगो नियन्त्रणमा सुनसरीमा तैनाथ नेपाली सेनाको कृष्णदल गणबाट फायर फाईटिङ्ग टोलीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र विभिन्न नगरपालिकाका समेत गरी ७ वटा दमकल खटिएको थियो ।

एक सुरक्षा अधिकृतका अनुसार अनुसार स्थानीय वासिन्दा समेतको सहयोगमा करिब ५ घण्टा पश्चात आगलागी नियन्त्रणमा आएको थियो ।

आगो हनुमान बस्त्रालयसँगै जोडिएको रेडिमेड कपडा पसल, श्रृजना फाइनान्सको शाखा कार्यालय, सौरभ हार्डवेयर र सन्तोषी हार्डवेयर रहेका ३ वटा घरमा समेत फैलिएको जनाइएको छ ।

फायर फाइटिङ्ग टोलीले बस्त्रालयमा भएका करिब १ करोड रूपैयाँभन्दा बढी मूल्य बराबरको लत्ताकपडा, फाइनान्स शाखा कार्यालयमा रहेका फर्निचर र अन्य सामाग्रीहरु, हार्डवेयर पसलमा रहेका सामाग्रीहरू क्षति हुनबाट जोगाएको बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment