Comments Add Comment

काठमाडौंमा सरकारविरुद्ध नेविसंघको प्रदर्शन

१ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले सोमबार काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

कोरोना महामारी नियन्त्रणमा प्रभावकारी काम नगरेको, संकटका बेलामा पनि आर्थिक अनियमितता भएको, क्वारेन्टिनहरु मापदण्ड अनुसार व्यवस्थित नभएकोलगायतका विषयलाई लिएर प्रदर्शन गरेको नेविसंघका अध्यक्ष राजीव ढुंगानाले जानकारी दिए ।

सोमबार काठमाडौंको विजुलीबजारबाट ¥यालीसहित नयाँ वानेश्वर पुगेको नेविसंघको टोलीले त्यहाँ कोणसभा गरेको थियो ।

र्‍यालीका सहभागीले कोरोना महामारी नियन्त्रणका लागि खर्च भएको भनिएको १० अर्बको हिसाब सार्वजनिक गर्नुपर्ने, विदेशमा अप्ठेरामा परेकाहरुको उद्धार गर्नुपर्ने, मजदुरलाई राहत दिनुपर्ने, पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने माग गरेका थिए ।

कोरोना महामारी नियन्त्रणमा लाग्नुपर्ने सरकार नागरिकको स्वास्थ्यप्रति गम्भीर नभएको र आर्थिक अनियमिततामा नै केन्द्रित भएकाले खबरदारी गरेको नेविसंघका महामन्त्री दीपक भट्टराईले बताए ।

र्‍यालीपछि कोणसभालाई सम्बोधन गर्दै नेताहरुले सरकारले बजेटमा ल्याएको सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्ने जिम्मा निजीलाई दिने व्यवस्था खारेज गर्न र रुकुम घटनाका दोषीलाई कारबाही गर्न माग गरेका थिए ।

तस्वीरहरु : चन्द्रबहादुर आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment