Comments Add Comment

४० प्रतिशतसम्म क्षमतामा चल्न थाले सिमेन्ट उद्योग

२ असार काठमाडौं । देशभरका सिमेन्ट उद्योगहरु अहिले ४० प्रतिशत क्षमतामा सञ्चाल भइरहेका छन् ।

लकडाउनका कारण शून्य सञ्चालन क्षमतामा पुगेका उद्योगहरु आंशिक रुपमा खुलेको  नेपाल सिमेन्ट उत्पादक संघले जनाएको छ ।

निजी क्षेत्रको निमार्णका कामहरु ठप्प रहेका तथा सरकारी कामहरु पनि तीव्र गतिमा सुरु नहुँदा उद्योगहरु पूर्ण क्षातामा चल्न नसकेको संघका अध्यक्ष ध्रुबराज थापाले बताए ।

‘बजार खुलेपछि माग बढ्दै जाला भन्ने आशमा छौं,’ अध्यक्ष थापाले भने । मजदुर अभाव, कच्चा पदार्थ आयात तथा संकलनमा स्थानीय तह तथा प्रशासनको अबरोध जस्ता कारणले उद्योगहरु लामो समय भने सञ्चालन हुन कठिनाई हुने थापाको भनाइ छ ।

सरकारले खानी सञ्चालनकालागि बेलैमा निर्णय नर्गदा कच्चा पदार्थ उत्खनन् र भण्डारण गर्न नसकिएको उनले बताए ।

वैशाख २८ पछि नै सिमेन्ट उद्योग सञ्चालन हुन पाईने भए पनि बजार बन्द रहनु, स्थानी तहको समन्वय अभाव कारक बनेको अध्यक्ष थापाको भनाई छ ।

लकडाउनका कारण दैनिक ६० करोड रुपैयाँको बजार गुमेको सिमेन्ट उत्पादनकहरुले दाबी गरेका छन् । देशभर लकडाउन अघिसम्म सञ्चालनमा रहेका ६१ वटा सिमेन्ट उद्योगबाट दैनिक १६ मिलयन टन हाराहारी सिमेन्ट उत्पादन बताइन्छ ।

सिमेन्ट उद्योगमा १६ हजार भन्दा धेरै प्रत्यक्ष र तीनका पसरवारसमेत गरेर एक लाख भन्दा बढी मानिस आश्रीत रहेको सिमेन्ट उत्पादक संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment