+
+

पोखरामा उपचाररत ९० वर्षीय पुरुषमा कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २ गते १३:५०

२ असार, पोखरा । पोखरामा उपचाररत एक ९० वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्याङ्जाको वालिङ घर भई पृथ्वीचोकस्थित पश्चिमाञ्चल सामुदायिक अस्पतालमा उपचाररत उनमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।

उनको सम्पर्कमा आएका व्यक्ति र उनमा कोरोना संक्रमण भएको स्रोतको खोजी भइरहेको उनले बताए । उपचाररत वृद्धमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालका चिकित्सक तथा स्वासथ्यकर्मीमासमेत स बढेको छ । उनलाई पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।

‘उनको स्रोत र सम्पर्कमा आउने व्यक्तिहरुको खोजी भइरहेको छ, ट्राभल हिस्ट्री नभएका ९० वर्षीय वृद्धमा पनि संक्रमण देखिएकाले यो अलि गम्भीर केश भयो,’ स्वास्थ्य निर्देशक शर्माले भने, ‘महानगर, अस्पताल र आफन्तको समन्वयमा खोजी भइरहेको छ ।’

तनहुँको शुक्लागण्डकीमा २ जना संक्रमित

मंगलबार नै तनहुँको जिल्ला शुक्लागण्डकी नगरपालिकाको क्वारेन्टिनमा रहेका १२ र ४६ वर्षका पुरुषमा  पनि कोरोना संक्रमणको पुष्टि भएको छ ।

उनीहरुलाई तनहुँ शुक्लागण्डकी नगरपालिकामा रहेको जीपी कोइराला श्वासप्रश्वास केन्द्रको आइसोलेसन कक्षमा ल्याउने तयारी भइरहेको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ सय २६ पुगेको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?