Comments Add Comment

संविधान संशोधनको मतदानमा अनुपस्थित नेकपाका सांसदसँग स्पष्टीकरण माग

नेकपा स‌ंसदीय दल बैठकको फाइल तस्वीर

२ असार,काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संविधान संशोधनको दिन प्रतिनिधिसभा बैठकमा भएको मतदानमा अनुपस्थित भएका सांसदहरुसँग स्पष्टिकरण मागेको छ । नेकपा संसदीय दलले उनीहरुसँग अनुपस्थित हुनुको कारण सोधेको हो ।

नेकपाका हरिबोल गजुरेल, गोपाल बम, धनबहादुर बुढा र शिवकुमार मण्डल जेठ ३२ गतको संधिवान संशोधन विधेयक पारित गर्ने बेला अनुपस्थित थिए । संविधान संशोधन जस्तो विधेयक पारित गर्ने बेला अनुपस्थित भएका सांसदहरुलाई दलको सामान्य प्रक्रिया अनुसार स्पष्टिकरण सोधिएको हो ।

नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले भने दलको नियमित प्रक्रिया अनुसार भएको भन्दै मिडियामा दिनुपर्ने खालको केही कुरा नरहेको बताए । केही सांसदले भने दललाई जानकारी दिएरै स्वास्थ्यका कारण अनुपस्थित भएको विषयमा स्पष्टिकरण सोधिएको भन्दै आपत्ति जनाएका छन् ।

संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित भएको दिन नेकपामा चार सहित कांग्रेस र जसपाका पनि केही सांसद अनुपस्थित थिए । जसपाकी सरिता गिरीले बहिस्कार गरेकी थिइन् ।

कांग्रेसका नागेन्द्रकुमार चौधरी, सूर्यबहादुर केसी र ज्ञानकुमारी छन्त्याल अनुपस्थित थिए भने जसपाका अमृता अग्रहरि, दुलारी देवी खत्वे र प्रमोद साह अनुपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment