Comments Add Comment

मेसेन्जरमा बायोमेट्रिक फिचर ल्याउँदै फेसबुक

सोसल नेटवर्किङ साइट फेसबुकले आफ्नो मेसेन्जर एपका लागि नयाँ फिचरको परीक्षण गरिरहेको छ । उक्त फिचरका कारण मेसेन्जर एप थप सुरक्षित बन्नेछ ।

Engadget काे रिपोर्ट अनुसार उक्त नयाँ फिचर अन्तरगत मेसेन्जरमा एपमा बायोमेट्रिक अथेन्टिकेसन टूल प्राप्त हुनेछ । प्रयोगकर्ताले फेस आईडी तथा फिंगरप्रिन्टका माध्यमबाट त्यसको प्रयोग गर्न सक्नेछन् । स्मरणरहोस्, यो फिचर पहिलेदेखि नै ह्वाट्सएपमा उपलब्ध रहेको छ ।

यो फिचरका सहायताले प्रयोगकर्ताले एपमा ‘लक’को समयतालिका समेत तय गर्न सक्दछन् । जसका लागि ४ वटा अप्सन हुनेछन् । पहिलो विकल्पका रुपमा After I leave messenger रहेको छ । अर्थात् जब प्रयोगकर्ता मेसेन्जर एपबाट बाहिरिन्छन् तब एप आफै लक हुनेछ । यसका अलावा प्रयोगकर्ताका लागि १ मिनेट, १५ मिनेट तथा १ घण्टामा एप लक हुने विकल्प पनि उपलब्ध हुनेछ ।

फेसबुकका एकजना प्रवक्ताका अनुसार मेसेन्जरको उक्त नयाँ फिचर अहिले परीक्षणको चरण्मा रहेको छ र कतिपय आइओएस प्रयोगकर्ताका लागि उपलब्ध गराइएको छ । छिटै नै केही एन्ड्रोइड प्रयोगकर्ताले पनि यो फिचर प्रयोग गर्न पाउनेछन् ।

फेसबुकले पछिल्लो समय आफ्ना प्लाटर्फमहरुमा नयाँ नयाँ फिचर थप गरिरहेको छ । हालैमात्र उसले प्रयोगकर्तालाई साइबर ठगीबाट बचाउनका लागि सेफ्टी नोटिस फिचर ल्याएको थियो । यो फिचरको मद्दतले प्रयोगकर्ताले कुनै पनि शंकास्पद गतिविधिको चेतावनीमूलक सूचना प्राप्त गर्दछन् । साथै यो फिचरले प्रायेगकर्तालाई स्क्याम पहिचान गर्ने सम्बन्धमा समेत जानकारी उपलब्ध गराउँदछ। एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment