
३ असार, काठमाडौं । अवैधरुपमा भारततर्फ लैजान लागेको अवस्थामा ३५ क्विन्टल छोकडा बारा प्रहरीले बुधबार बरामद गरेको छ ।
बाराका डीएसपी गौतम मिश्रका अनुसार विश्रामपुर गाउँपालिका–४ बलिरामपुर टोलस्थित दशगजा क्षेत्र नजिकैबाट ८० बोरा छोकडा बरामद भएको हो ।
भारततर्फ अवैध रुपमा लैजान लागेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले बेवारिसे अवस्थामा उक्त छोकडा बरामद गरेको उनले बताए । उनका अनुसार प्रहरीको टोली आएको सूचना पाएपछि तस्कर भने छोकडा छाडेर फरार भएका थिए । बरामद गरिएका छोकडाका बजार मूल्य करिब ५ लाख रुपैयाँ रहेको उनले बताए ।
बरामद गरिएको छोकडालाई वीरगञ्ज भन्सार कार्यालय पठाइएको डीएसपी मिश्रले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4