Comments Add Comment

बनेपामा चोरेर फरार व्यक्ति सुनवलबाट समातिए

५ असार, काठमाडौं । बनेपाको हार्डवेयर पसलमा चोरी गरेर फरार व्यक्ति नवलपरासीको सुनवल-१ बाट पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय, बनेपाको टोलीले चितवनको रत्नगर-१ का २७ वर्षीय प्रकाशजंग कुँवरलाई चोरीको रकम मध्ये एक लाख ५० हजार रुपैयाँसहित पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय, बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिम्सिनाको नेतृत्वमा गएको टोलीले पक्राउ गरेको हो । कुँवरले घटनास्लथमा प्रयोग गरेको कपडा, जुत्ता, मोबाइलसहित पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

कुँवरले २८ जेठमा तेन्डेल हार्डवेयर प्रा.लिको क्वारउन्टरमा ९ लाख ४ हजार २ सय ७५ रुपैयाँ चोरी गरेर फरार भएका थिए । काभ्रेका एसपी रविराज पौडेलका अनुसार कुँवरविरुद्ध जिल्ला अदालतबाट १० दिन म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको छ ।

कुँवर पटके चोर हुन् । तिम्सिना इलाका प्रहरी कार्यालय, सुनवलमा कार्यरत रहँदा पनि उनी पक्राउ परेका थिए । र, भिमफेरी कारागारमा ३१ महिना जेल सजाय भुक्तान गरेर छुटेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment