+
+
Shares

सांसद विकास कोषको खर्च नभएको रकम कोभिड कोषमा जम्मा गर्ने बाटो खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ५ गते १४:५९

५ असार, काठमाडौं । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (संसद विकास कोष) को खर्च नभएको रकम कोरोना उपचार कोषमा लैजाने बाटो खुलेको छ ।

२ असार मन्त्रिपरिषद् बैठकले नियमावली संशोधन गरेसँगै सो रकम कोरोना कोषमा लैजान बाटो खुलेको हो । यसअनुसार स्थानीय तहले कार्यक्रम कार्यान्वयन गर्दा कुनै कार्यक्रमका लागि आर्थिक वर्ष २०७६/०७७ मा छुट्याएको रकम बचत भएको भए निर्देशक समितिका संयोजक (निर्वाचित सांसद)ले अरू सदस्यसँग परामर्श गरेर सम्बन्धित स्थानीय तहको कोभिड कोषमा जम्मा गर्न सक्नेछन् ।

‘यस्तो रकम असार १५ सम्म जम्मा गरिसक्नुपर्नेछ । यसले कोभिड-१९ सँग सम्बन्धित स्रोतको समस्यालाई हल गर्न सहयोग गर्नेछ’ अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?