+
+
WC Series
काठमान्डु गोर्खाज 2025
25/1 (2.3)
VS
१०५ बलमा १२३ रन आवश्यक
सुदूरपश्चिम रोएल्स 2025
147/10 (20)
Shares

क्वारेन्टिनमै बाबुको किरिया

रासस रासस
२०७७ असार ५ गते १६:११

५ असार, बैतडी । जिल्लाको दोगडाकेदार गाउँपालिका-७ चडेपानीका लीलाधर भट्ट क्वारेन्टिनमै आफ्ना बुबाको किरियामा बसेका छन् ।

भारतको दिल्लीमा काम गर्दै आएका उनी चार दिनअघि फर्केर भूमिराज मावि चडेपानीको क्वारेन्टिनमा थिए । उनका बुबा चिन्तामणि भट्टको ६ दिनअघि मृत्यु भएकाले उनले क्वारेन्टिनमै किरिया सुरु गरेका हुन् । केही दिनअघि कञ्चनपुरको गड्डाचौकीबाट उद्धार गरी उनलाई गाउँपालिकाको क्वारेन्टिनमा ल्याइएको थियो ।

घरमै बस्ने व्यवस्था मिलाउन गाउँपालिकालाई अनुरोध गरेको भए पनि घर पठाउन नमानेको स्थानीयवासी केशव भट्टले जानकारी दिए। भारतबाट आएका सबै नागरिकलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा राख्नुपर्ने निर्देशनानुसार नै उनलाई क्वारेन्टिनमा राखेको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले बताए ।

लीलाधरको स्वाब सङ्कलन गरी पीसीआर विधिबाट परीक्षणका लागि पठाइएको र १४ दिनअघि नै रिपोर्ट नेगेटिभ आए घर पठाइने उनले बताए । यसअघि गत जेठ दोस्रो साता बैतडीको मेलौली नगरपालिका-७ पच्कोराका रामसिंह रावत पनि आफ्ना बुबाको किरिया क्वारेन्टिनमा बसेका थिए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?