+

पोल्याण्डमा स्टेडियममा गएर फुटबल खेल हेर्न अनुमति

२०७७ असार  ६ गते ६:०७ २०७७ असार ६ गते ६:०७
पोल्याण्डमा स्टेडियममा गएर फुटबल खेल हेर्न अनुमति

६ असार, काठमाडौं । पोल्याण्डले स्टेडियममै पुगेर फुटबल खेल हेर्ने अनुमति शुक्रबार दिएको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीपछि यसरी स्टेडियममा नै गएर फुटबल हेर्न अनुमति दिने पोल्याण्ड पहिलो युरोपेली मुलुक हो ।

यद्यपि स्टेडियमका लागि नयाँ नियम लगाइएको छ । केबल २५ प्रतिशत सिटमा मात्र मानिसहरु बस्न पाउनेछन् । प्रत्येक चौथो सिटमा एकजना मानिस बस्न पाउनेछन् । यद्यपि सबै मानिस एकै परिवारका हुन् भने उनीहरु एकसाथ बस्न सक्नेछन् ।

फुटबल प्रशंसकले सिटसम्म पुग्दा र बाहिर निस्किने समयमा मास्क लगाउनु अनिवार्य हुन्छ । साथै स्टेडियममा स्यानिटाइजर पनि उपलब्ध गराइनेछ । खेल हेर्न स्थानीय मानिस मात्र जान पाउनेछन् र उनीहरुलाई अनलाइनबाट टिकट उपलब्ध गराइनेछ ।

युरोपका अन्य मुलुकको तुलनामा पोल्याण्डमा कोरोना भाइरसको असर केही कम नै छ । यद्यपि केही मानिसले सरकारको यो निर्णयको आलोचना गरेका छन् । यसबाट कोरोना भाइरसको संक्रमण फैलिने खतरा रहेको उनीहरुको भनाइ छ ।

स्रोत : बीबीसी

पोल्याण्ड फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय