Comments Add Comment

शाहरुखको छोरादेखि अमिताभकी नातिनीसम्म : के गर्दैछन् बलिउड स्टार किड्स ?

अभिनेता सुशान्त सिंह राजपुतले किन आत्महत्या गरे ? यसमा अनेकथरी अड्कलबाजी गरिए, गरिँदैछ अझै पनि । एकथरीको आक्रोश र आरोप छ, ‘बलिउडमा नातावाद एवं परिवारवाद यति धेरै हाबी छ । जसका कारण बाहिरबाट संघर्ष गरेर त्यहाँसम्म पुग्नेलाई टिक्न दिइँदैन । कडा प्रतिस्पर्धा त गर्नुपर्छ नै मानसिक अत्याचार पनि झेल्नुपर्छ ।’

सुशान्त सिंह राजपुतले आत्महत्या गर्नुमा यस्ता थुप्रै कारणहरु गुजुल्टा परेको आरोप–प्रत्यारोपले अहिले बि–टाउन तताएको छ । यो आरोपलाई बल पुर्‍याउने एउटा घटना छ । निर्देशक शेखर कपुरले ‘पानी’ नामक चलचित्र बनाउन चाहेका थिए । जसमा सुशान्तलाई मुख्य चरित्र दिने पक्कापक्की थियो । सोहीअनुसार सुशान्तले तयारी गरिसकेका थिए ।

उच्च बजेटको यो चलचित्रमा यशराज फिल्म्सले लगानी गर्ने तय भइसकेको थियो। तर चलचित्रमा सुशान्तलाई मुख्य भूमिका दिइने चर्चा सुनेपछि यशराज फिल्म्सले ‘लगानीको जोखिम’ मोल्न चाहेनन् । चलचित्र ‘पानी’को तयारी रोकियो । आफ्नो कारणले लगानीकर्ता पछाडि हटेको वा आफूलाई नपत्याएको कारणले सुशान्तमा गहिरो मानसिक आघात पुगेको थियो भन्ने अनुमान छ । भलै यो अनुमान कति सत्य थियो, त्यो एउटा पाटो ।

तर बलिउडमा नातावाद एवं परिवारवादकै कारण सुशान्तलाई ‘लाखापाखा’ लगाइएको भन्ने कुरा त्यति पत्यारिलो भने छैन । किनभने यश चोपडाका छोरा, आदित्य चोपडाका भाई उदय चोपडाले समेत केही बर्षअघि आत्महत्याको प्रयास गरेका थिए। ‘करियर’कै विषयमा लिएर उनी डिप्रेसनमा थिए ।

बलिउडमा यस्ता थुप्रै उदाहरण भेटिन्छन् । तुसार कपुरदेखि इमरान खानसम्म अहिले खाली हात छन् ।

नातावाद, परिवारवादबाट बलिउड पूर्णत: अछुतो पक्कै नहोला । तर यी ‘वाद’हरू हरेक क्षेत्रमा अपवाद होइनन् । जहाँ पनि कुनै न कुनै रुपमा यसले जरा गाडेकै हुन्छ । यद्यपि क्षमतावान कलाकारले यी ‘वाद’हरूको घेरा तोड्दै बलिउडमा चम्किएको उदाहरण अनगिन्ती छन् । नजिकको उदाहरण त मनिषा कोइराला नै हुन्

बलिउड स्टार किड्स के गर्दैछन् ?

शाहरुख खानको पारिवारिक पृष्ठभूमि बलिउड होइन । उनी बाहिरबाट संघर्ष गरेर नै ‘बलिउड बादशाह’ बन्न पुगेका हुन् । उही शाहरुखका जेठा छोरो आर्यन अहिले लक्का जवान भइसकेका छन् । उनी उमेरले २२ वर्ष टेक्दैछन् । बाहिर चर्चा छ, आर्यनले बलिउडमा डेब्यु गर्ने तरखर गर्दैछन् । तर यसको आधिकारिक पुष्टि कतैबाट र कसैले गरेका छैनन् । न आर्यनले कुनै यसको संकेत नै दिएका छन् ।

उनी  अमिताभ बच्चनकी नातिनी नव्या नवेलीसँग एउटै स्कुलमा पढ्थे, लन्डनमा । उनै नव्यासँग जोडेर उनको चर्चा हुन्थ्यो । त्यसो त उनलाई बेलामौकामा मिस्ट्री गर्लका साथ पनि देखियो ।

के गर्दैछिन् काजोलकी छोरी ?

बलिउड अभिनेत्री काजोल र अभिनेता अजय देवगनकी छोरी अहिले ‘तरुनी’ भइसकिन् । उमेरले उनी १७ वर्षकी भइन् । कति बलिउड इभेन्टमा उनीहरुले छोरी न्यासालाई पनि डोहोर्‍याउने गरेका छन् । न्यासा केही समयसम्म त्यति आकर्षक देखिँदैनथे। अहिले भने उनी निकै हट देखिन थालेको छ। उनले बलिउड बुबाआमकै पदचाप पच्छ्याउँछिन् ? यस सम्बन्धमा उस्तो चर्चा छैन। यद्यपि न्यासा बलिउड इभेन्टमा भने देखिने गरेका छन्।

कहाँ छिन् अभिताभकी नातिनी ?

केही समयअघि नव्या नवेली र आर्यन खानबीच निकै गहिरो दोस्ती थियो । नव्य अमिताभ बच्चनकी छोरीकी छोरी अर्थात् नातिनी हुन् । दुवै एउटै स्कुलमा अध्ययन गर्ने भएकाले पनि नजिकिएका थिए । उनीहरू कहिले एयरपोर्टमा त कहिले पार्टीमा एकसाथ देखिन्थे ।

नव्य सोसल साइट्समा निकै सक्रिय छिन् । उनले पनि बलिउडमा प्रवेश गर्ने अनुमान गरिएको छ ।

मिस्ट्री गर्लसँग अक्षय कुमारका छोरा !

अक्षय कुमारको छोरा आरब पनि अब हुर्किसकेका छन् । यदाकदा उनी मिस्ट्री गर्लका साथ फेला पर्ने गरेका छन् । यद्यपि सकेसम्म मिडियाबाट उनी भाग्ने कोसिस गर्छन्।

आफ्नो जमानाका सुपरस्टार राजेश खन्नाका नाति, ट्विङ्कल खन्नाका छोरा आरब अहिले लक्का जवान भइसकेका छन् । आरब मार्सल आर्टमा रुचि राख्छन्, जसरी अक्षय पनि।

करणः स्टार किड्सका गडफादर

त्यसो त अधिकांश स्टार किड्सलाई डेब्यु गराउनेमा करणकै नाम आउँछ । उनलाई स्टार किड्का लागि गडफादर नै मान्ने गरिएको छ ।

करणले २०१४ मा आफ्नो फिल्म ‘स्टुडेन्ट अफ द इयर’मा निर्देशक-निर्माता डेभिड धवनका छोरा वरुण धवन, महेश भट्टकी छोरी आलिया भट्ट लगायतलाई डेब्यु गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment