+
+
Shares

प्रदेश २ मा थपिए ७८ जना कोरोना संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ७ गते १७:२७

७ असार, जनकपुरधाम । प्रदेश २ मा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशका ७ महिलासहित ७८ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश २ मा पछिल्लो पटक सबैभन्दा बढी संक्रमित सिराहा जिल्लामा देखा परेका छन् । सिराहामा ४ महिलासहित ५२ जना नयाँ संक्रमित देखापरेका छन् । सर्लाहीमा ९ जना, धनुषामा ८ जना, बारामा ४ जना, सप्तरी र महोत्तरीमा २/२ जना र रौतहटमा एक जना संक्रमित थपिएका छन् ।

यससँगै प्रदेश २ मा कुल संक्रमितको संख्या २ हजार ९ सय २ पुगेको छ । संक्रमितमध्ये १ सय ६० जना महिला छन् ।

आइतबारसम्म प्रदेश २ बाट ९ सय ५२ जना संक्रमित निको भएर घर फर्किसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?