Comments Add Comment

चीनको बेइजिङमा घट्न थाले कोरोनाका नयाँ संक्रमित

८ असार, काठमाडौं । चीनको राजधानी सहर बेइजिङमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का नयाँ संक्रमितको संख्यामा कमी आएको छ । केही दिनयता निरन्तर कोरोना भाइरसका संक्रमित फेला परिरहेको यो सहरमा पछिल्लो २४ घण्टामा ९ जना नयाँ संक्रमित फेला परेका छन् । अघिल्लो दिन मात्र २२ नयाँ संक्रमित फेला परेका थिए ।

पछिल्लो १० दिनमा पहिलोपटक बेइजिङमा नयाँ संक्रमितको संख्या १० भन्दा कम देखिएको हो । संक्रमितको संख्या दोस्रो पटक भएको वृद्धिको क्रममा बेइजिङमा २३० संक्रमित भेटिएका छन् । यसमध्ये धेरैजसो अधिकांश संक्रमित सहरको एक ठूलो खाद्य बजारसँग जोडिएका मानिस छन् ।

लकडाउन खुकुलो बनाउने निर्णय र छिमेकी सहरबाट आउने सार्वजनिक यातायातमा लगाइएको प्रतिबन्ध हटाइएसँगै बेइजिङमा कोरोना भाइरसका नयाँ संक्रमित बढेको बताइएको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment