Comments Add Comment

गोरखाका ११ संक्रमित भारतबाट आएका

९ असार, गोरखा । गोरखामा थप ११ जनामा कोरोना संक्रमण देखिएको छ । सोमवार भीमसेन थापा गाउँपालिकाका ५, शहिद लखन र गण्डकी गाउँपालिकाका ३/३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । संक्रमित हुनेमा दुई महिला र ९ जना रहेका छन् । महिलाहरु भीमसेन थापा गाउँपालिकाका हुन् ।

सोमबार कोरोना पुष्टि भएका गण्डकी गाउँपालिकाका संक्रमितहरु ताङलीचोक मावि, भैरवाश्रम मावि र दिर्घेश्वर माविको क्वारेन्टिनमा बस्दै आएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख वेली श्रेष्ठले बताइन् । उनका अनुसार संक्रमितहरु सबै भारतबाट आएका हुन् ।

त्यस्तै शहिद लखन गाउँपालिका संक्रमितहरु पनि भारतबाटै आएको स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र श्रेष्ठले बताए । उनीहरु हिमालय भगवती मावि र महारुद्र आधारभूत विद्यालयको क्वारेन्टिनमा बस्दै आएको उनले जानकारी दिए ।

भीमसेन थापा गाउँपालिकाका संक्रमितहरु प्रभात मावि र सिद्धकाली माविको क्वारेन्टिनमा बस्दै आएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले बताए । संक्रमण देखिएका सबै भारतबाट आएको उनले जानकारी गराए ।

संक्रमितहरुको पीसीआर परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको थियो । नयाँ संक्रमित थपिएसँगै जिल्लामा संक्रमितको संख्या ५१ पुगेको छ । उनीहरुमध्ये ८ जना उपचार पश्चात निको भएर घर फर्किसकेका छन् । सोमबार थपिएका नयाँ संक्रमितबाहेक अन्य बिरामीको जिल्ला अस्पताल र गोरखा क्याम्पसको आइसोलेसनमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment