Comments Add Comment

छोटो फिल्म ‘परिस्थिति’ सार्वजनिक

लकडाउनको समयमा छोटो चलचित्र बनाएर युट्युबमा सार्वजनिक गर्ने क्रम ह्वात्तै बढ्यो । विभिन्न विषयमा बनाइएका यस्ता चलचित्रले दर्शकको माया पनि राम्रै पाएको देखिन्छ ।

मित्र डी गुरुङको कथा, सम्पादन तथा निर्देशनमा तयार भएको छोटो चलचित्र ‘परिस्थिति’ सार्वजनिक गरिएको छ । ज्ञान, धन र जिनियस गुरुङको लगानीमा तयार भएको यो छोटो चलचित्रमा अमृत ढुंगाना, सञ्जोग रसाइली, आकांक्षा तामाङ, मनीषा गौतम, आरसी रिमाल, देवराज भण्डारीको अभिनय छ ।

मनीष गौतम र मीड डी गुरुङको पटकथा तथा संवाद रहेको यो चलचित्रलाई राजकुमार श्रेष्ठले खिचेका हुन्। यो छोटो चलचित्रले कोरोना भाइरसपछिको अवस्थालाई चित्रित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment