Comments Add Comment

टेनिस खेलाडी नोभाक जोकोभिचलाई कोरोना संक्रमण

९ असार काठमाडौं । विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचलाई कोरोना संक्रमण भएको छ ।

उनी कोरोना संक्रमण हुने चौथो टेनिस खेलाडी हुन् ।

जोकोभिचले पछिल्लो पटक आफैँले टेनिस टुर्नामेन्ट आयोजना गरेका थिए । जसमा खेलेका तीन खेलाडी यसअघि नै संक्रमति भइसकेका छन् ।

जोकोभिचले मंगलबार एक विज्ञप्ति जारी गरी आफू कोभिड-१९ पोजेटिभ भएको जनाएका हुन् । यसअघि क्रोसियाका बोर्ना कोरिक, बुल्गेरियाका ग्रिगोर दिमित्रोभ र भिक्टोर ट्रोइक्कीलाई कोरोना संक्रमण भएको थियो ।

जोकोभिले आफू र आफ्नो श्रीमती जेलेनालाई कोभिड-१९ पोजेटिभ देखिएको सार्वजनिक गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment