Comments Add Comment

२५९ नेपाली बोकेर सिड्नीबाट काठमाडौं उड्यो नेपाल एयरलाइन्स

सिड्नी । अष्ट्रेलियाको सिड्नीबाट २५९ जना नेपालीहरु बोकेर नेपाल एयरलाइन्सको जहाज आज काठमाडौं प्रस्थान गरेको छ ।

स्थानीय समय अनुसार साढे ३ बजे नेपाल एयरलाइन्सको अन्नपूर्ण जहाज काठमाडौं प्रस्थान गरेको हो । आफ्ना छोराछोरीलाई भेट्न अष्ट्रेलिया आएका अभिभावक र केही पर्यटकहरु छन् जो चार महिनादेखि लकडाउनमा परेका थिए । सोही फ्लाइटमा न्युजिल्याण्डमा रहेका ११ जना नेपालीहरुलाई पनि सिड्नी हुँदै काठमाडौं पठाइएको छ ।

नेपाल फर्किन इच्छा देखाउँदै १३ सय जनाले फाराम भरे पनि पहिलो चरणमा २५९ जनालाई काठमाडौं पठाइएको दूतावासका अधिकारीहरुले बताएका छन् । यात्रुहरुबाट २ हजार ३ सय ५० अष्ट्रेलियन डलर भाडा लिइएको छ । उनीहरुलाई अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराद दाहालले बिदाइ गरेका थिए ।

हवाई यात्रुहरु सबैको सबैको पीसीआर परीक्षण गरिएको छ । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ । त्यसैले उनीहरुलाई नेपाल पुगेपछि होल्डिङ सेन्टरमा राखेर होम क्वारेन्टिनमा पठाइने दूतावास स्रोतले बतायो ।

नेपाल एयरलाइन्सको सो जहाजमा क्याप्टेन समझ कुमार श्रेष्ठ, क्याप्टेन श्रवण रिजाल, क्याप्टेन मनोहर कोल्हात्कर लगायत छन् । फ्लाइट अफिसरको रुपमा भोगेन्द्र कठायत, सन्जय पौडेल र प्रशान्त श्रेष्ठसमेत छन् ।

उनीहरु २९ जना अष्ट्रेलियन नागरिक तथा अष्ट्रेलियन स्थायी बासिन्दाहरुलाई बोकेर काठमाडौंबाट अष्ट्रेलिया आएका थिए । काठमाडौंस्थित अष्ट्रेलियन दूतावासको समन्वयमा ५ जना बच्चासहित २९ जनालाई बोकेर नेपाल एयरलाइन्सको जहाज अष्ट्रेलिया गएको र सोही जहाजमा अष्ट्रेलियामा रहेका नेपालीहरु फर्किन लागेको  नेपाल एयरलाइन्सका अपरेसन विभाग प्रमुख दीपु जुहार्चनले जानकारी दिए ।

अष्ट्रेलियाबाट दोस्रो उद्धार उडान २७ जुनमा मेलबर्नबाट हुने छ । सो उडान पनि नेपाल एयरलाइन्सकै हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment