Comments Add Comment

१ नम्बर पिल्लर पुगेर फर्कियो छाङरुको फौज

९ असार, काठमाडौं । सरकारले दार्चुलाको छाङरुमा राखेको बोडर आउट पाेष्ट (बीओपी) को टोली नेपाल–चीन सीमाको १ नम्बर पिल्लर पुगेर फर्किएको छ ।

बीओपी स्थापनापछि नजिकै मात्र गस्ती गरिरहेको सशस्त्र प्रहरी हालै १ नम्बर स्तम्भसम्म पुगेको हो ।

बीओपीका प्रमुख प्रहरी निरीक्षक लिलिबहादुर चन्द नेतृत्वको २५ जनाको टोली गस्ती १ नम्बर स्तम्भसम्म पुगेर फर्किएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर दार्चुलाका डीएसपी डम्बरबहादुर विष्टले बताए ।

भारतले कालापानी, लिपुलेक र लिम्पियाधुराको नेपाली भूमि मिचेर सडक बनाएपछि जनस्तरबाट तीब्र विरोध भएको थियो । र, सरकारले छाङरुमा सशस्त्र प्रहरीको बीओपी स्थापना गरेको थियो । त्यसयता पहिलो पटक १ नम्बर पिल्लरसम्म फौज पुगेको सशस्त्र प्रहरीका अधिकृतहरुको दाबी छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी बलका प्रमुख आईजीपी शैलेन्द्र खनालले पनि बुधबार त्यस क्षेत्रको भ्रमण गरेका छन् ।

यो पनि पढ्नुहोस प्रधानसेनापति र सशस्त्रका आईजीपीको छाङरु भ्रमणको सन्देश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment