+

भियारियालसँग बराबरी खेल्दै सेभिया फेरि तेस्रो स्थानमा

२०७७ असार  ९ गते ९:१५ २०७७ असार ९ गते ९:१५
भियारियालसँग बराबरी खेल्दै सेभिया फेरि तेस्रो स्थानमा

९ असार, काठमाडौं । भियारियालसँग बराबरी खेल्दै सेभिया स्पानिस ला लिगामा तेस्रो स्थानमा उक्लेको छ । गएराति भएको खेलमा भियारियालसँग २-२ को बराबरी खेलेपछि एट्लेटिको मड्रिडलाई १ अंकले पछि पार्दै सेभिया फेरि तेस्रो स्थानमा फर्केको हो ।

भियारियालले घरेलु मैदानमा दुई पटक अग्रता लिए पनि सेभियाले खेल बराबरी गरेको थियो ।

१८औं मिनेटमा पाको अल्कासेरले गोल गर्दै भियारियललाई पहिले अग्रता दिलाएका थिए । ३९औं मिनेटमा सर्जियो एस्कडेरोले सेभियाका लागि बराबरी गोल फर्काए । पहिलो हाफको इन्जुरी टाइममा पाउ टोरेसले गोल गर्दै भियारियललाई पुन: अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा सेभियाले एक गोल फर्कायो। ६२औं मिनेटमा मुनियर अल हाड्डाईले गोल गेपछि सेभियाले खेल बराबरी गर्दै भियारियालसँग अंक खोसेको हो ।

३१ खेलबाट सेभियाको ५३ अंक छ । एक खेल कम खेलेको एट्लेटिको ५२ अंकसहित चौथो स्थानमा छ । ३१ खेलबाट ४८ अंक जोडेको भियारियाल छैटौं स्थानमा उक्लेको छ र शीर्ष चारमा रहने सम्भावना कायमै राखेको छ । एक खेल कम खेलेको गेटाफे ४८ अंक नै रहे पनि हेड टु हेडका आधारमा पाँचौ स्थानमा छ ।

यस्तै अर्को खेलमा ग्रानडा र रेलिगसन जोनमा रहेको लेगानेसले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

३१ खेलबाट ४३ अंक जोड्दै ग्रानडा नवौं स्थानमा छ भने समान खेलबाट २५ अंक रहेको लेगानेस पुछारबाट दोस्रोमा छ ।

स्पानिस ला लिगा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय