Comments Add Comment

पाल्पामा पहिरो : मृत्यु हुनेको संख्या चार पुग्यो

९ असार, बुटवल । पाल्पाको तानसेन नगरपालिका–११ सम्मोबारीमा पहिरोले दुई वटा गाडी बगाउँदा मृत्यु हुनेको संख्या चार पुगेको छ ।

मंगलबार दिउँसो पहिरोमा थप एक जनाको शव फेला परेसँगै मृत हुनेको संख्या चार पुगेको हो । मंगलबार मृत फेला परेका व्यक्ति झापाको शिवसताक्षी नगरपालिका–८ झिलझिले बुद्धचोकका १८ वर्षीय कुमार तामाङ रहेको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी डीएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिए । उनी पानी बोक्ने ट्यांकरका सहचालक हुन् । उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाल्पाको शव गृहमा राखिएको छ ।

यसअघि पाल्पाको रिब्दीकोट गाउँपालिका–२ देउरालीका ३२ वर्षीय भुवन खाम्चा, काभ्रे पाँचखाल नगरपालिका–८ हुक्से बजारका २८ वर्षीय निवेश श्रेष्ठ र चितवनको भरतपुर महानगरपालिका २९ बांगेसालका ३३ वर्षीय वीरबहादुर गुरुङको शव फेला परेको थियो । उनीहरु मध्ये दुईजनाको घटनास्थलमै र एकजनाको उपचारको क्रममा मिसन अस्पताल तानसेनमा मृत्यु भएको थियो ।

पाल्पा–गुल्मी सडकखण्डअन्तर्गत तानसेन नगरपालिका–११ बन्दीपोखरास्थित सम्मोबारीमा अविरल वर्षासँगै आएको पहिरोले लु २ ख १३७६ नम्बरको मिनी ट्रक र लु १ क १९२८ नम्बरको ट्यांकरलाई सोमबार बगाएको थियो ।

सडकमा रहेका लु १ च ७०११ नम्बरको कार र लु २ च ७०४३ नम्बरको पिकअप जिपलाई समेत पहिरोले सामान्य क्षति पुर्‍याएको छ । पहिरो गएको स्थानमा तानसेन नगरपालिकाले केही समयअघि बाटो चौडा बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment