Comments Add Comment

गुल्मीमा थपिए ३ जना कोरोना संक्रमित 

९ असार, गुल्मी । गुल्मीमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा मुसिकोट नगरपालिकामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले बताए ।

संक्रमित हुनेमा २ जना पुरुष र १ जना महिला रहेको आचार्यले बताए । यससँगै गुल्मीमा काेरोना संक्रमितको संख्या २४० पुगेको छ ।

आचार्यका अनुसार भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये २० जना कोरोना मुक्त भएकर घर फर्किसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment