Comments Add Comment

कोरोनाको औषधि बनाएको पतञ्जलीको दाबीमा भारत सरकारले उठायो प्रश्न

९ असार, काठमाडौं । भारतको आयुष मन्त्रालयले पतञ्जलीले बनाएको भनिएको कोरोना भाइरसको आषधिमाथि प्रश्न उठाएको छ । र, यसबारे छानविन पुरा नहुँदासम्म यसको प्रचारप्रसारमा रोक लगाएको छ ।

पतञ्जलीले मंगलबार गरेको पत्रकार सम्मेलनमा बाबा रामदेवले कोरोनिल नामक आयुर्वेदिक औषधि सार्वजनिक गरेका थिए । यो औषधिको क्लिनिकल कन्ट्रोल स्टडी र ट्रायल दुवै गरेको र शतप्रतिशत ठीक भएको रामदेवको दाबी थियो ।

तर मन्त्रालयले पतञ्जली आयुर्वेद लिमिटेडलाई औषधि बनाउन प्रयोग भएका वस्तु, यसको कहाँ कुन अस्पतालमा परीक्षण गरिएको हो भनेर सोधेको छ । स्याम्पलको साइज के थियो ? इस्टिच्युसनल इथिक्स कमिटीको क्लियरेन्स छ छैन ? सीटीआरआई रजिस्ट्रेसन र अध्ययनसम्बन्धी डाटा कहाँ छ भनेर पनि सोधेको छ ।

जबसम्म यस्ता प्रश्नहरुको छानविन हुँदैन, तबसम्म यो औषधिको विज्ञापन रोक्न समेत मन्त्रालयले निर्देशन दिएको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ ।

मन्त्रालयले उत्तराखण्ड सरकारको लाइसेन्सिङ प्राधिकरणसँग औषसधिको लाइसेन्सको कपी मागेको छ र प्रोडक्टअनुमति दिएको विषयमा पनि कागजपत्र मागेको छ ।

बीबीसी हिन्दीकाअनुसार भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद् (आईसीएमआर)का महानिर्देशक प्रो. बलराम भागर्वले पतञ्जलीको औषधिबारे टिप्पणी गर्न अस्वीकार गरेका छन् । उनले भनेका छन्, ‘म यस्तो औषधिबारे टिप्पणी गर्न चाहन्नँ । तर आईसीएमआर यो औषधि बनाउने कुनै पनि प्रयासमा संलग्न छैन ।’

भारतको केन्द्रीय औषध मानक नियन्त्रण संगठन (सीडीएससीओ) का एक वरिष्ठ अधिकारीका अनुसार सामान्य परिस्थितिमा एउटा औषधि विकास गरेर क्लिनिकल ट्रायल पूरा गरेर मार्केटिङ सुरु गर्न कम्तीमा तीन वर्ष लाग्छ । असामान्य परिस्थितिमा गति बढाउम्दा पनि १० महिनादेखि एक वर्षसम्म लाग्छ । तर पतंञ्जलीले केही हप्तामै औषत्रि बनाएको दाबी गरेर बजारमा ल्याएको छ ।

सीडीएससीओका एक अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा भनेका छन्, विभागलाई पतञ्जलीको यो औषधिको क्लिनिकल ट्रायलको कुनै सूचना नै थिएन ।’

पतञ्जलीका सीईओ आचार्य बालकृष्णले भने थर्डपार्टीको मद्धतमा क्लिनिकल ट्रायल गरेको दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment