+
+
Shares

बालुवाटारमा सुरु भयो नेकपाको स्थायी कमिटी बैठक

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १० गते १२:२६

१० असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले वर्तमान परिस्थितिका बारेमा सुरुमै सम्बोधन गर्ने कार्यसूची छ ।

बैठकमा कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण, रोकथाम तथा उपचारका सम्बन्धमा सरकारले गरेका कामहरुमाथि सदस्यहरुले धारणा राख्नेछन् । त्यस्तै सीमा समस्या समाधान सम्बन्धमा सरकारले गरेका कामलगायत सरकारका समग्र कामको समीक्षा हुने नेकपाले जनाएको छ ।

त्यस्तै पार्टी एकताका बाँकी कामहरुको बारेमा पनि बैठकमा छलफल हुने र एमसीसीलाई पनि बैठकको एजेण्डाका रुपमा राखिएको छ ।

यो बैठकमा अध्यक्षले राजनीतिक तथा सा‌ंगठनिक प्रतिवेदन पेस गर्ने कार्य सूची छैन । सामान्यतः सदस्यहरुलाई बैठकको कार्यसूची पहिले नै जानकारी दिने र केन्द्रीय सचिवालयले प्रतिवेदन पास गरेर अध्यक्षले स्थायी कमिटीमा पेस गर्नुपर्ने भए पनि दुई अध्यक्षबीचमै सहमति हुन नसकेका कारण प्रतिवेदनसमेत तयार नभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?