Comments Add Comment

ऋचाले सुरु गरिन् ‘चलचित्र टीभी’ एप

घरमै बसेर सिमित रकममा नेपाली चलचित्र हेर्ने दर्शकको चाहना अब पुरा हुँदैछ । हलमा रिलिज भैसकेका चलचित्रहरु युटुबमा दर्शकले निशुल्क हेर्ने गरेका थिए ।

तर, अब नयाँ नेपाली चलचित्रहरुलाई एपमा रिलिज गर्ने उद्देश्यका साथ ‘चलचित्र टीभी एप’ सार्वजनिक गरिएको छ ।

ऋचाका अनुसार, आजबाट यो एप सार्वजनिक भएपनि केही दिनपछि मात्र दर्शकले आफ्नो मोबाइलमा डाउनलोड गर्न सक्नेछन् ।

यो एप विशेषगरि विदेशमा रहेर नेपाली चलचित्र हेर्न चाहने दर्शकहरुका लागि लक्षित रहेको वुझ्न सकिन्छ ।

ऋचाले अमेरिकामा रहेका केही साथीहरुसँग मिलेर यो एप सार्वजनिक गर्न लागेकी हुन् । एपमा चलचित्र ‘छ माया छपक्कै र छक्का पन्जा ३’ रिलिज गर्ने तयारी गरिएको छ ।

कोरोना भाइरसको सन्त्रासपछि सरकारले जारी गरेको लक डाउनका कारण विश्वभरका मानिसहरुमा डिजिटल माध्यमबाट चलचित्र हेर्ने रुची बढेको छ । यो एपले दर्शकमा राम्रो प्रभाव पार्न सकेको खण्डमा नेपाली चलचित्रका निर्मातालाई पनि ठूलो राहत हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment