Comments Add Comment

एउटा खाली सिसीमा अब एक रुपैयाँ कर !

१० असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । बजेटले करको दायरा विस्तार गर्ने क्रममा यसपटक जडीबुटी, कवाडी र जीवजन्तुमा कर लगाउने घोषणा गरेको छ ।

सोही अनुसार अब वियरको बोतल (खाली सिसी)मा प्रतिगोटा एक रुपैयाँका दरले महानगरपालिकाले कर असुुल गर्ने भएको छ । स्वदेशमा स्थापना भएको उद्योगले जे जस्तो अवस्थामा छ, सोही रुपमा पुन: प्रयोग गर्ने वस्तुमा उत्पादन स्थल वा संकलन केन्द्रंमध्ये एक स्थानमा कवाडी कर लगाउने उल्लेख गरेको छ ।

५ सय मिलिलिटरभन्दा बढीका मदिरा र अन्य वस्तुको बोतलमा प्रतिबोतल ५० पैसा कर लाग्ने भएको छ । ५ सय एमएलभन्दा तलको बोटलमा भने प्रतिलिटर २५ पैसा कर लगाउने महानगरको घोषणा छ ।

कवाडी प्लाष्टिकका अन्य सामानमा भने प्रतिकेजी एक रुपैयाँका दरले कर लाग्ने भएको छ । खाली बोरामा प्रतिकिलो १ सय किलो अट्ने भए ५० पैसा र ५० किलोसम्म अट्ने भए २५ पैसा कर लाग्ने गरी करको दर निर्धारण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment