+
+
Shares

३० करोडमा बनेको जान्हवीको ‘गुञ्जन सक्सेना’ ७० करोडमा विक्री

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १० गते १८:०२

निर्माता करण जोहरले निर्माण गरेको चलचित्र ‘गुञ्जन सक्सेना’ डिजिटल प्लेटफर्ममा रिलिज हुने भएको छ । यो चलचित्रलाई नेटफ्लिक्सको माध्यमबाट रिलिज गर्न लागिएको हो ।

यो चलचित्रलाई डिजिटल प्लेटफर्ममा बिक्री गरेर निर्माताले राम्रो नाफा कमाएका छन् । नायिका जान्हवी कपुरको मुख्य भूमिका रहेको यो बायोपिक चलचित्रलाई नेटफ्क्लिसले ७० करोड रुपैयाँमा किनेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

नायिका जान्हवी कपुरको क्रेज, चलचित्रको चर्चा र प्रोडक्सन हाउसको लोकप्रियताको आधारमा पनि यो चलचित्रलाई महँगो रकममा किनिएको हो ।

यो चलचित्र निर्माणका लागि निर्माताले २५ देखि ३० करोड खर्च गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । यसअघि चलचित्र ‘गुलाबो सिताबो’लाई ६५ करोडमा नेटफ्लिक्सले किनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?