Comments Add Comment

लागूऔषध कारोबारमा संलग्न रहेको आशंकामा इन्स्पेक्टर पक्राउ

११ असार, काठमाडौं । लागूऔषध कारोबारमा संलग्न रहेको आशंकामा एक जना प्रहरी अधिकृत पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरी निरीक्षक रुद्र शाही छन् ।

उनी ललितपुर प्रहरी परिसर, जावलाखेलमा कार्यरत थिए ।

लागूऔषध नियन्त्रण ब्युरोका एक अधिकृतले उनलाई नियन्त्रणमा लिइएको पुष्टि गरेका छन् ।

उनले अनलाइनखबरसँग भनेका छन्, ‘हिजो पेप्सिकोलामा चलाइएको अपरेशनमा पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान गर्दै जाँदा उहाँसम्म पुगेका हौं ।’

प्रहरीले बुधबार चलाएको अपरेशनमा ६ सय बोतल बढी औषधिजन्य लागूऔषध कोरेक्स बरामद गरेको थियो ।

ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले पनि शाहीको विषयमा केही बुझ्नु पर्ने भनेर ब्युरोले भनेकाले पठाइएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment