+
+
Shares

पाल्पामा परीक्षण बढेसँगै संक्रमितको संख्यामा वृद्धि

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ११ गते १५:१०
फाइल तस्वीर

११ असार, काठमाडौं । बिहीबार एकैदिन १२१ जनाको रिपोर्ट पोजेटिभ आएसँगै पाल्पाको सबै स्थानीय तहमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

१० वटै स्थानीय तहमा कोरोना संक्रमित फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाका कोभिड १९ का फोकल पर्सन श्रीकृष्ण भट्टराईले जानकारी दिए । उनले भने, ‘यसअघि तानसेन नगरपालिकामा संक्रमित भेटिएको थिएन । बिहीबार तीन जनामा संक्रमण पुष्टि भएसँगै सबै स्थानीय तहमा संक्रमित फेला परेको हो ।’

भट्टराईका अनुसार रामपुर नगरपालिकामा १६, तानसेन नगरपालिकामा ३, निस्दी गाउँपालिकामा ९५, पूर्वखोला गाउँपालिकामा १४७, रम्भा गाउँपालिकामा २२, माथागढी गाउँपालिकामा २७, तिनाउ गाउँपालिकामा ४, बगनाकाली गाउँपालिकामा २८, रिब्दीकोट गाउँपालिकामा ४ र रैनादेवी छहरा गाउँपालिकामा २० र अन्य जिल्लाका दुई जना गरी कुल ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

परीक्षणको दायरा बढेसँगै संक्रमितको संख्यामा वृद्धि

पाल्पामा कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढ्दै गएको छ । कोभिड १९ का फोकल पर्सन भट्टराईका अनुसार परीक्षणको दायरा बढेसँगै संक्रमितको संख्यामा वृद्धि भएको हो ।

उनले भने, ‘स्थानीय तहहरुले परीक्षणका लागि आफैंले किट खरिद गरेर परीक्षणको दायरा बढाएका छन् । परीक्षणको दायरा बढाएसँगै बिहीबार एकैदिन १२१ जनामा संक्रमण पुष्टि भएको छ । नयाँ थपिने संक्रमितमा ६ जना महिला र ११८ जना पुरूष छन् ।

बिहीबार निस्दी गाउँपालिकाका ९३, पूर्वखोला गाउँपालिकाका १८, रम्भा गाउँपालिकाका ६, तानसेन नगरपालिकाका ३ र तिनाउ गाउँपालिकाका एक जना कुल १२१ जनामा संक्रमण पुष्टि भएको उनले बताए ।

भारतबाट आएर विभिन्न स्थानीय तहले निर्माण गरेका क्वारेन्टिनमा बसेका २३५८ जनाको स्वाब संकलन गरिएकोमा करिब १२०० जनाको रिपोर्ट आइसकेको उनले बताए । उनका अनुसार संक्रमित पुष्टि भइसकेका मध्ये सात जना निको भएर घर फर्किसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?