Comments Add Comment

अमेरिकाका केही राज्यमा पुनः लकडाउन

१४ असार, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का संक्रमित बढ्न थालेसँगै अमेरिकाका केही राज्यहरुमा पुनः लकडाउन घोषणा गरिएको छ । अमेरिकाका फ्लोरिडा र टेक्सासमा सबैभन्दा बढी नयाँ संक्रमित फेला परेसँगै यी राज्यमा पुनः व्यापार व्यवसाय खोल्नमा कडाइ गरिएको हो ।

शनिबार अमेरिकाको फ्लोरिडामा लकडाउन घोषणा गरिएको थियो । यसअघि शुक्रबार नै पछिल्लो समय उल्लेख्य संख्यामा कोरोना भाइरसका नयाँ संक्रमित भेटिएको टेक्सास राज्यमा लकडाउन घोषणा गरिएको थियो ।

शनिबार अमेरिकाको फ्लोरिडामा कोरोना भाइरसका नौ हजार पाँच सय नयाँ संक्रमित फेला परेका थिए । अघिल्लो दिन पनि यो राज्यमा करिब नौ हजार नयाँ संक्रमित फेला परेका थिए ।

अमेरिकाको संक्रामक रोग विशेषज्ञ एन्थोनी फाउचीले गत साता कोरोना भाइरस अमेरिकाको लागि गम्भीर समस्या बनेको बताएका थिए । उनले निकै छिटो प्रतिबन्ध खुकुलो पारिनु र मानिसहरुले कोरोना भाइरस नियन्त्रणको लागि आवश्यक मापदण्ड पालना नगरेको कारण यो अवस्था आएको बताएका थिए ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा अहिलेसम्म कोरोना भाइरसका २५ लाखभन्दा बढी संक्रमित फेला परिसकेका छन् भने एक लाख २५ हजार नाघिसकेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने लकडाउनको विपक्षमा देखिँदै आएका छन् । पहिलोपटकको लकडाउन गर्ने समयमा पनि ट्रम्पले अमेरिका लकडाउन गर्नको लागि नबनेको प्रतिक्रिया दिएका थिए । साथै लकडाउन लगाइएपछि पनि उनले राज्यहरुलाई छिटै नै लकडाउन खोल्न दबाब दिएका थिए ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment