Comments Add Comment

सुदूरपश्चिममा रोपाइ महोत्सव नहुने

१४ असार, धनगढी । प्रत्येक वर्ष असार १५ गते सुदूर पश्चिम प्रदेश सरकारले आयोजना गर्ने राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव यस वर्ष नहुने भएको छ ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कोरोना स‌ंक्रमणका कारण सोमबार हुने रोपाइँ महोत्सव स्थगित गरिएको जनाएको छ ।

कोरोना संक्रमण फैलन सक्ने खतराका कारण राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव स्थगित गरिएको आइतबार मन्त्रालयका प्रवक्ता खगेन्द्रप्रसाद शर्माले बताए ।

‘विगतका वर्षमा हामीले धूमधामसँग रोपाइँ महोत्सवको आयोजना गर्ने गरेका थियौँ’ उनले भने ‘यस वर्ष संक्रमण फैलन सक्ने अवस्थाले स्थगित गरिएको छ ।’

सरकारले २०६१ सालदेखि असार १५ मा राष्ट्रिय धान दिवस मनाउँदै आएको थियो । प्रदेश सरकारले भने विगत ३ वर्षदेखि राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको आयोजना गर्दै आएको हो ।

प्रवक्ता शर्माका अनुसार सुदूरपश्चिम प्रदेशमा अघिल्लो आर्थिक वर्षमा ६ लाख ४६ हजार मेट्रिक टन उत्पादन भएको चालु अर्थिक वर्षमा ६ लाख ५५ हजार मेट्रिक टन उत्पादन भएको थियो । उनले भने, ‘यस वर्ष ६.७ प्रतिशतले धानको उत्पादन वृद्धि भएको छ । ’

उनले यसवर्ष ९ जिल्लामा करिब ५० प्रतिशत रोपाइँ सकिएको समेत जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment