Comments Add Comment

स्मार्ट डोकोमा आईएमएसको लगानी

१४ असार, काठमाडौं । आईएमएस ग्रुपद्वारा स्मार्ट डोको पर्याप्त हिस्सेदारी हासिल गर्न सम्झौता गरेको छ।

आइतबार आईएमएस ग्रुप र स्मार्ट डोकोबीच हिस्सेदारीका लागि सम्झौता भएको हो।

आईएमएस ग्रुपका अध्यक्ष तथा कार्यकारी अधिकृत दिकेश मलहोत्राले हालको आवश्यकताहरू सम्बोधन गर्न र डिजिटल वर्ल्डको साथ जारी राख्‍न एक क्लिक समाधान प्रदान गर्नका लागि स्मार्ट डोकोमा लगानी गर्ने निर्णय गरेको बताए।

सम्पूर्ण विश्वमहामारीको चपेटामा परिरहेको बेला ग्राहकहरु आक्रामक रूपमा अनलाइन शपिंगको प्रयोग गरिरहेको अवस्थामा हामीले निकट भविष्यमा ई–कमर्सको व्यवसाय फस्टाउदै गएको उनले बताए।

कम्पनीले रिंगरोडभित्र निःशुल्क डेलिभरी, रिवार्ड पोइन्ट सिस्टम, स्मार्टडोको उत्पादनहरू, सजिलो रिटर्न पोलिसी, छुट कुपन, बहु भुक्तानी विकल्प लगायतका सुविधाहरु रहेको जनाएको छ।

आईएमएस ग्रुपएक स्थानीय समूहहो जसको अन्तर्गत २० भन्दा बढी कम्पनीहरु छन्। कम्पनी नेपालमा सामसङ्ग स्मार्टफोनको राष्ट्रिय वितरक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment