+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

प्रदेश १ मा पनि देखियो सलह, मन्त्रालयका प्रवक्ता भन्छन्– आत्तिनु पर्दैन

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १५ गते ८:४४

१५ असार, विराटनगर । प्रदेश १ का विभिन्न स्थानमा सलह किरा देखिएका छन् । आइतबार पहाडका दुई जिल्लामा सानो झुण्डमा सलह किरा देखिएको हो ।

‘पाँचथर र खोटाङमा ८–१० वटा सलह किराको सानो झुण्ड देखिएको रिपोर्टिङ भएको छ,’ प्रदेश १ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता डाक्टर राजेन्द्र उप्रेतीले भने ‘विराटनगरमा साथीहरुले १–२ वटा भेटिएको फोटो हाल्नु भएको छ, तर अहिले नै आत्तिनु पर्दैन ।’

उनले समूहबाट छुटेर हावाको गतिसँगै सलह किरा प्रदेश १ मा आइपुगेको हुनसक्ने बताए । ‘अहिले देखिएको सलह क्षति गर्ने खालका छैनन्,’ उनले भने, ‘प्रदेशका अन्य क्षेत्रमा पनि छिटफुट रुपमा देखिएको रिपोर्टिङ भएको छ ।’

मन्त्रालयले कृषकलाई सतर्क रहन आग्रह गर्दै किरा भित्रिहाले औषधि छर्कने उनले बताए । ‘बजारमा विषादीको अवस्था र औषधि छर्ने मेसिनको अवस्था के छ भनेर हेर्दैछौं,’ उनले भने, ‘नियमित अवस्था अध्ययन गरिरहेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?