+
+

चट्याङ् लागेर सर्लाहीमा एकजनाको मृत्यु, दुईजना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १८ गते १२:१५

१८ असार, जनकपुरधाम । चट्याङ लागेर सर्लाहीमा एकजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् ।

जिल्लाको बागमती नगरपालिका- १० बस्ने १८ वर्षीय छोटु पासवानको बिहीबार बिहान १० बजेतिर चट्याङ् लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता मदन कुँवरले जानकारी दिए ।

सोही नगरपालिका-८ का सुनमाया बस्नेतको खेतमा धान रोप्ने क्रममा छोटुलाई चट्याङ्ले लागेको डीएसपी कुँवरले बताए । चट्याङ लागेपछि घाइते भएका उनलाई उपचारका लागि बरहथवातर्फ लग्ने क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।

छोटुसँगै धान रोपिरहेकी कमलादेवी मुखिया पनि घाइते भएकी छन् ।

यस्तै, बलरा नगरपालिका-१ का ३५ वर्षीय बरुण सहनी वर्षासँगै परेको चट्याङ लागेर घाइते भएका छन् । उनलाई उपचारका लागि भारतको सितामढीतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?