Comments Add Comment

सदाद्वयलाई न्याय माग्दै भएको प्रदर्शनमा अश्रु ग्यास प्रहार

१८ असार, जनकपुरधाम । आइसोलेसनमा छटपटिएर ज्यान गुमाएका राजु सदा र हिरासतमै मृत फेला परेका शम्भु सदाको न्यायका लागि जनकपुरधाममा भएको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको छ ।

राजु र शम्भुको मृत्यु सम्बन्धमा छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै दलित संघर्ष समितिको अगुवाइमा बिहीबार भएको प्रदर्शनमा प्रहरीले अश्रु ग्यास सँगसँगै लाठी पनि प्रहार गरेको छ ।

प्रदर्शनमा सहभागीहरुले नाराबाजी गर्दै बजार परिक्रमा गर्ने क्रममा मुख्यमन्त्री कार्यालय अगाडि प्रहरीले रोक्न खोजेका थिए । शान्तिपूर्ण प्रदर्शनलाई प्रहरीले रोक्न खोजेपनि भिड अगाडि बढ्ने क्रममा प्रहरीले एक्कासी लाठी प्रहार गर्नुका साथै अश्रु ग्यास प्रहार गरेको दलित अगुवाहरुले बताएका छन् ।

प्रहरीले गरेको लाठी चार्जबाट दुई दर्जनभन्दा बढी व्यक्ति घाइते भएकाे उनीहरुले बताएका छन् । प्रहरीकाे लाठी प्रहारबाट दुई जनाको टाउको नै फुटेको दलित अगुवा युवा पचु माझीले बताए । उनका अनुसार मुख्यमन्त्री कार्यालय अगाडि जुलुस पुग्नेवित्तिकै प्रहरीले बल प्रयोग गरेको थियो ।

घाइते भएकाहरुको जनकपुरधमस्थित धनुषा अस्पतालमा उपचार भइरहेको माझीले जानकारी दिए ।

दलित संघर्ष समितिको अगुवाइमा निकालिएको बिरोध प्रदर्शनमा धनुषाको विभिन्न ठाउँबाट ठूलाे संख्यामा दलित समुदायले सहभागिता रहेको माझीले बताए ।

गत असार ९ गते आइसोलेसनमै छटपिटएर धनुषाको हंसपुर नगरपालिकाका १६ वर्षीय राजु सदाको ज्यान गएको थियो ।

यस्तै, सवारी ज्यान मुद्दामा इलाका प्रहरी कार्यालय सबैलामा थुनिएका स्थानीय शम्भु सदा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । दलित अगुवाहरुले भने उनको उनको हत्या भएको बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment