Comments Add Comment

टाटाको नयाँ विंगर एम्बुलेन्स

१९ असार, काठमाडौं । टाटा मोटर्सले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मापदण्ड अनुरुप बनेको नयाँ विंगर एम्बुलेन्स नेपाली बजारमा ल्याएको छ ।
कम्पनीका अनुसार यो AIS 125 र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मापदण्ड अनुसारको एम्बुलेन्स हो ।यसको वितरक सिप्रदी ट्रेडिङ प्रालि रहेको छ ।

लाइफ सपोर्टका आधारमा ३ वर्गहरुमा उपलब्ध छन् ।यसमा २.२ लिटर DiCOR BSIV Engine द्वारा संचालित Flat Torque को अतुलनीय प्रदर्शन र ईन्धन दक्षता सुनिश्चित गरिएको छ ।

यो यस्तो पहिलो एम्बुलेन्स हो, जसले बिरामीहरूको सुरक्षा र सुविधाको लागि उच्च मापदण्डहरू पनि पूरा गरेको छ ।

विंगर एम्बुलेन्स बिरामीको सुरक्षा र देखभालका लागि उत्तम सहयोगीको रूपमा डिजाइन गरिएको छ र यो तीन भिन्न वर्गहरूमा उपलब्ध छ: क्याटगोरी – सी (कमन लाइफ सपोर्ट), क्याटगोरी – बि (बेसिक लाइफ सपोर्ट) / क्याटगोरी-ए (एड्भान्स लाइफ सपोर्ट)

क्याटगोरी-सी:

दुई AC र a stretcher-cum-bed सहित यसमा सहयोगीहरूको लागि बस्ने ठाउँ पर्याप्त हुनेछ ।

क्याटगोरी-बि:

त्यसबाहेक, ECG Monitor र Oxygen Monitor, CPR Board, Catheterization Sets, Splints र OB Kit, Manual Suction Set, Nebulizer Set र अन्य धेरै सुविधाहरू यसमा रहेको छ ।

क्याटगोरी-ए:

यात्रा गर्दा ventilator जस्तो अति आवश्यक सुविधाको साथसाथै यसमा Automated External Defibrillator (AED), chest drainage tubes, hemostatic sets जस्ता अन्य सुविधाहरु पनि उपलब्ध हुनेछन् ।

टाटा विंगर एम्बुलेन्स अन्तर्गत क्याटगोरी ए र बि मा ३४८८ mm wheelbase BSIV Platform मा आधारित स्वचालित स्ट्रेचर र बिरामीको लागि ड्राइभर क्याबिनबाट छुट्टै Isolated Patient Compartment रहेको छ जसमा बिरामी हेरचाह गर्न चाहिने पर्याप्त ठाउँ सुनिश्चित गरिएको छ ।

यस २.२ लिटर DiCOR इन्जिनसँग Flat Torque Curve जडान गरिएको छ जसले एक समान गति प्रदान गर्दछ र बारम्बार शिफ्ट डाउनको आवश्यकतालाई बेवास्ता गर्दै, ईन्धन दक्षता बढाउँदछ । McPherson Strut Independent Front Suspension मा भएको Anti-Roll Bars, Hydraulic Shock Absorbers र Radial Tyre हरुमा भएको सेटअपले बिरामीहरुका लागि सुविधायुक्त यात्रा मात्र प्रदान नगरी ड्राइभरहरुलाई समेत एकदम सहज बनाउँदछ।

३ वर्ष वा ३ लाख किलोमिटर(जुन पहिला हुन्छ त्यही)को वारेन्टी प्रदान गर्ने टाटा विंगर एम्बुलेन्स अरुभन्दा भरपर्दो र विश्वाशिलो छ । टाटा को अन्य सवारीहरु जस्तै यो विंगर पनि सिप्रदी ट्रेडिंगको ३२ ओटा बिक्रेता टचपोइन्ट्समा उपलब्ध हुनेछ ।

यसबारेमा कुरा गर्दै टाटा मोटर्सको कमर्सियल सवारीका अन्तर्राष्ट्रिय व्यापारका प्रमुख रुद्र रूप मैत्र भन्छन्, ‘टाटा मोटर्सलाई नेपाली मनले निक्कै मायाको साथ स्वीकारेका छन् र त्यसैले टाटा मोटर्स नयाँ मोडल र विविध किसिमका सवारीहरु नेपालमा भित्र्याउने चाहना राख्दछ। अनि यो टाटा विंगर एम्बुलेन्स मार्फत टाटा मोटर्सले नेपालमै पहिलो पटक सबै सुविधाले युक्त AIS125 र नेपाल सरकार स्वास्थ्य र जनसंख्या मन्त्रालयको मापदण्ड अनुरुप एम्बुलेन्स ल्याएको छ । यो लाइफ सपोर्टको आधारमा ३ वर्गहरूमा उपलब्ध छ, क्याटगोरी सी (कमन लाइफ सपोर्ट), क्याटगोरी बि (बेसिक लाइफ सपोर्ट) / क्याटगोरी-ए (एड्भान्स लाइफ सपोर्ट) मा उपलब्ध छ ।’

उनले अघि भने, ‘नयाँ विशेष विशेषताहरु अनि नेपालको सडक यात्रालाई सुहाउँदो हुनेगरी तयार भएको यो एम्बुलेन्सले नेपालमा नयाँ सम्भावनाहरु लिएर आउँनेमा म विश्वस्त छु। हामीलाई विश्वास छ कि सिप्रदी ट्रेडिङ्ग प्रा ली ले कैयौं दशकदेखि हाम्रा अन्य सवारीहरुलाई दिएको साथ र उत्साह जसरी नै यो एम्बुलेन्सको बिक्रि गराउनको लागि हामीलाई सहयोग गर्नेछ । त्यसबाहेक, हामीलाई यो पनि विश्वास छ कि टाटा विंगर को यो एम्बुलेन्सले नेपालको सेवा र यहाँको स्वास्थ्य क्षेत्रको सुधारका लागि प्रमुख भूमिका खेल्नेछ।”

त्यसैगरि, टाटा विंगर एम्बुलेन्सको कुरा गर्दा सिप्रदी ट्रेडिङ्ग प्रालlका सीइओ राजन बाबु श्रेष्ठ भन्छन्,’अहिलेको अवस्थालाई हेर्ने हो भने हामी सबैले आफ्नो स्वास्थ्य र समृद्धिको चाहना राखेका छौं । टाटा मोटर्ससँगको साझेदारी र सामाजिक दायित्व बोकेको एउटा कम्पनी भएको हिसाबले हामीले समग्रमा समाजको कल्याण हुने सवारी साधनहरु प्रस्तुत गर्नमा सधैँ प्रतिबद्दता देखाएका छौं । त्यही हौशलाको साथ हामीले तपाईंहरु माझ टाटा विंगर एम्बुलेन्स ल्याएका छौं र हामीलाई विश्वास छ कि यो एम्बुलेन्स नेपालको औपचारिक सेवाको लागि विशेष भएर प्रस्तुत हुनेछ। टाटा विंगरको स्कुल सवारी, सार्वजनिक सवारी र पर्यटन क्षेत्रको सवारीको सफलताले विंगर नेपालमा एउटा चिरपरिचित र स्थापित सवारी भएको छ। हामीलाई विश्वास छ कि यो एम्बुलेन्स हाम्रो स्वास्थ्य क्षेत्रको लागि अत्यन्तै लाभकारी सावित हुनेछ । नेपाल सरकारको अनुसार एम्बुलेन्स जस्ता आकस्मिक सवारीहरुमा भन्सार छुट हुन्छ । असल उद्देश्य लिएर निर्माण भएको यो उत्कृष्ट सवारी तपाईंहरु माझ पुर्याउने माध्यम हामी हुन पाउँदा हामी निक्कै खुशी छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment