काठमाडौं । विश्व ब्याडमिन्टनका स्टार लेजेण्ड चाइनिज खेलाडी लिन डानले खेल करियरबाट सन्यास लिएका छन् । दुई पटक ओलम्पिक गोल्ड मेडल र पाँच पटक विश्वक च्याम्पियन बनेका डानले शनिवार खेल जीवन टुङ्गाउने घोषणा गरेका हुन् ।
उनले सामाजिक सञ्जाल विवोबाट सन्यास घोषणा गरेका हुन् । ‘२००० देखि २०२० सम्म ! २० वर्षपछि मैले राष्ट्रिय टिमलाई गुडबाई भन्नुपर्छ । यो धेरै कठिन हो’ देब्रेहाते सटलरले भनेका छन् ।
३६ वर्षीय डिन डानले पाँच पटक अल इंग्ल्याण्ड च्याम्पियनसिप जितेका छन् । ब्याडमिन्टनका महान खेलाडीका रुपमा रहेका डानले २००८ को बेइजिङ ओलम्पिक र २०१२ को लण्डन ओलम्पिकमा स्वर्ण पटक जितेका थिए ।
उनले चीनको राष्ट्रिय टिमबाट खेल्दै ६ थोमस कप र पाँच एसियन गेम्स जितेका छन् ।
डानले केही दिनअघि सन्यासका लागि औपचारिक पत्र लेखेको चाइनिज ब्याडमिन्टन एसोसिएसनले जनाएको थियो । र डानको अहिलेको अवस्था हेरेर सन्यासको लागि अनुमति दिएको चाइनिज ब्याडमिन्टन एसोसिएसनलाई उदृत गर्दै चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।
प्रतिक्रिया 4